नियम ११७
सल्लाहकार समिति गठन गर्न सकिने
कुनै आयोजना वा कार्यालय वा विभागलाई निर्माण सुधार सम्बन्धी काममा गंभीर प्राविधिक, आर्थिक र सामाजिक समस्या सृजना भै आयोजना कार्यान्वयनमा बाधा पर्ने स्थिति उत्पन्न भएमा व्यहोरा खोली सम्बन्धित सचिव समक्ष पेश गर्नु पर्नेछ । सम्बन्धित सचिवले आफ्नो र आवश्यकता भए अन्य मन्त्रालयका विज्ञ कर्मचारी समेत समावेश भएको सल्लाहकार समिति गठन गरी सो समितिको सिफारिस अनुसार आवश्यक निर्देशन दिनु पर्नेछ ।